सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा राजमतीले जन्माइन् तिम्ल्याहा सन्तान

२०७७ भदौ १५, ०७:०६ खबर संवाददाता

धनगढी : कञ्चनपुरकी राजमती रानाले सेती प्रादेशिक अस्पतालमा तीन छोरीलाई जन्म दिएकी छिन्।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर १ की २५ वर्षीया रानाले अस्पतालमा सोमबार दिउसो तीन छोरीलाई जन्म दिइकी हुन्।

शल्यक्रिया मार्फत प्रसुति गराउँदा तिम्ल्याहाको जन्म भएको सेती अस्पतालकी प्रसुती वार्ड इन्चार्ज एशोदा ढकालले जानकारी दिइन्।

डाक्टर सलिना खड्काको टीमले शल्यक्रिया गरेको थियो।

कमेन्ट लोड गर्नुस