धनगढीका १७ सहित २९ संक्रमित सेती अस्पताल भर्ना
धनगढीः धनगढी उपमहानगरपालिकाका १७ सहित विभिन्न ठाउँका २९ जना कोरोना संक्रमित सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्।
सेतीले नै व्यवस्थापन गर्नेगरी स्थापना गरिएको कोरोना अस्थायी अस्पतालको आईसोलेसनमा १५ महिला र १४ पुरुष गरी २९ जना संक्रमितको उपचार भईरहेको छ।
जसमा धनगढी उपमहानगरपालिकाका ११ महिला र ६ पुरुष गरी १७ जना, कैलारी गाउँपालिकाका एक पुरुष, घोडाघोडी नगरपालिकाका एक पुरुष, कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाका एक महिला र दुई पुरुष गरी तीन जना, कृष्णपुर नगरपालिकाका एक पुरुष रहेका छन्।
यस्तै डोटीको बोगटान गाउँपालिकाका एक पुरुष, दार्चुलाको मालिकार्जुनका एक महिला र एक पुरुष, दार्चुलाकै शैल्यशिखर नगरपालिकाका दुई पुरुष र मालिकार्जुन ५ का एक पुरुष पनि आईसोलेसन भर्ना भएका छन्।
अस्पतालबाट अहिले सम्म ८९ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भईसकेका छन्।