धनगढीको निसर्ग अस्पतालका दुई नर्ससहित चार जनामा कोरोना पुष्टि
धनगढीः धनगढीको निसर्ग अस्पतालका दुई जना नर्स सहित चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई जना स्टाफ नर्स र दुई जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २३ वर्षीय र वडा नम्बर ८ की २५ वर्षीया गरी दुई स्टाफ नर्स र वडा नम्बर २ की ३० र वडा नम्बर ७ की ३२ वर्षीया दुईजना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ।