सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज धनगढीका थप १० जनामा कोरोना संक्रमण

२०७७ भदौ १४, ०५:४४ खबर संवाददाता

धनगढी : आज धनगढीका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न वडाका ६ महिला र ४ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का दुई पुरुष र एक महिला गरी तीन जना, वडा नम्बर २ का एक महिला, वडा नम्बर ३ का एक पुरुष, वडा नम्बर १ का दुई पुरुष, ६ को एक पुरुष, ७ र ८ को एक÷एक महिलामा कोरोना पुष्टि भएको हो।

आज थपिएका संक्रमितको ट्राभल हिस्ट्री खोज्ने काम भईरहेको उपमहानगरपालिकाले जनाएको छ। यो सँगै धनगढीमा संक्रमितको संख्या दुई सय ३० पुगेको छ।

कमेन्ट लोड गर्नुस