सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवैध उत्खननमा प्रयोग गरिएका १५ ट्याक्टर प्रहरी नियन्त्रणमा

२०७७ भदौ १४, ०४:११ खबर संवाददाता

कैलाली : कैलाली प्रहरीले अवैध उत्खननमा प्रयोग गरिएका ट्याक्टर नियन्त्रणमा लिएको छ। जिल्लाको गोदावरी नगरपालिकाका विभिन्न नदीहरुवाट अवैध रुपमा ढुङगा, बालुवा लगायतका नदीजन्य पदार्थहरु ओसारपसार गर्ने १५ वटा ट्याक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

आइतबार बिहान गोदावरी नगरपालिका –९ सेहरीस्थित तल्लो खुटिया नदीबाट १२ वटा ट्याक्टर र शनिबार गोदावरी नदीबाट ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए।   

नियन्त्रणमा लिइएका ट्याक्टर गोदावरी नगरपालिकालाई बुझाइको छ। 
 

कमेन्ट लोड गर्नुस