सुदूरपश्चिमका २८ संक्रमित सेती अस्पताल भर्ना
धनगढीः सुदूरपश्चिममा कोरोना संक्रमतिको संख्या बृद्धि हुँदै गएका बेला अस्पतालमा उपचारका लागि पुग्नेको संख्या समेत बढ्न थालेको छ।
एक साता अगाडी १३ जना संक्रमित उपचाररत रहेको सेती प्रादेशिक अस्पतालमा उक्त संख्या बढेर २८ पुगेको छ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले शनिबार सम्म आईसोलेसनमा विभिन्न जिल्लाका २८ जना संक्रमित भर्ना भएको जानकारी दिए।
उनका अनुसार सबैभन्दा धेरै धनगढी उपमहानगरपालिकाका १७ जना संक्रमित आईसोलेसनमा रहेका छन्।
यस्तै कञ्चनपुरका चार जना, दार्चुलाका पाँच जना, कैलालीकै घोडाघोडी र कैलारीका दुईजना पनि अस्पतालमा छन्। पछिल्लो २४ घण्टामा मात्र तीन जना संक्रमित अस्पतालको आईसोलेसनमा भर्ना भएका हुन्।