धनगढीबाट भन्सार छलीका सामान बरामद
धनगढीः धनगढीबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समुह र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर २ को कृष्णनगर टोलबाट चोरी पैठारी गरी ल्याएर वेवारिसे छोडिएको सामान बरामद गरेको हो।
प्रहरीका अनुसार पाँच कठ्ठा जिरा, सात सय प्याकेट सुर्ती गरी झण्डै डेढ लाख बराबरको सामान रहेको छ। उक्त सामान कैलाली भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ।