धनगढीमा थप एक शिक्षिकामा देखियो कोरोना
धनगढी : धनगढीमा थप एक जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रवार भएको परीक्षणमा धनगढीको एक विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको हो।
शुक्रवार धनगढीका दुई जनामा संक्रमण पुष्टि भएकोमा एक जना शिक्षिका र अर्का एम्बुलेन्स चालक रहेको खुलेको हो। यसअघि कोरोना पुष्टि भएकी शिक्षिकाको सम्पर्कमा आएकी ३८ बर्षीय शिक्षिकामा पनि संक्रमण देखिएको हो।
उनी सुरक्षाकर्मीकी श्रीमती हुन्। यसअघि धनगढीमा रहेको एउटै विद्यालयका चार जना शिक्षिकामा कोरोना भाईरसको संक्रमण देखिएको थियो।