सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निषेधाज्ञाबारे आज निर्णय हुँदै

२०७७ भदौ १३, ०७:५० खबर संवाददाता

धनगढी : कैलालीमा जारी निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ। यसअघि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको आदेश अनुसार १४ गतेसम्म निषेधाज्ञा लगाइएकोमा आज निषेधाज्ञालाई जारी राख्ने वा नराख्ने विषयमा प्रमुख जिल्ला अधिकारीले नै निर्णय लिनेछन्।

शुक्रवार बसेको सुरक्षा समितिको बैठकले १९ गतेसम्म नषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी बोहराले निषेधाज्ञालाई लम्ब्याउने सम्भावना बढि रहेको प्रशासन स्रोतले जनाएको छ।

कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि भदौँ ४ गते मध्यरातिदेखि जिल्लामा निषेधाज्ञा लागु भएको थियो। निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ। 
 

कमेन्ट लोड गर्नुस