कैलालीमा संक्रिय कोरोना संक्रमितको संख्या ३४०, ७८ जना आफ्नै घरमा
धनगढी : सुदूरपश्चिम प्रदेशमा संक्रिय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार शुक्रवार साँझसम्म जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या तीन सय ४० रहेको छ।
एक हजार ६ सय ७७ जना संक्रमित रहेको जिल्लामा एक हजार तीन सय ३१ जना कोरोना मुक्त भएका छन् भने ६ जनाको मृत्यु भईसकेको निर्देशनालयले जनाएको छ।
तीन सय ४० संक्रिय संक्रमित मध्ये एक सय १५ पुरुष र ७४ महिला गरी एक सय ८९ जनालाई आईसोलेसनमा राखिएको स्वास्थ्य निर्देशनालयको दावी छ।
झण्डै ५० जना संक्रमितलाई अस्पतालको आइसोलेसनमा राखिएको छ भने बाँकी सबै स्थानीय तहले क्वारेन्टिनबाट परिणत गरेका आईसोलेसनमा रहेका छन्।
स्वास्थ्य निर्देशनालयका अनुसार ७८ जना कोरोना संक्रमित भने आ–आफ्नो घरमा छन्। जिल्लामा सात सय ४८ जना अटाउने १२ वटा आइसोलेसन सेन्टर स्थापना भएपनि संक्रमितलाई भने घरमै बसाउन थालिएको छ।
सुदूरपश्चिम प्रदेशभरी एक सय १५ जना संक्रिय कोरोना संक्रमित आ–आफ्नो घरमा बसेका छन्।