सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री सहित संक्रमित चालकको सम्पर्कमा आएका ८३ जनाको रिर्पोट नेगेटिभ

२०७७ भदौ १२, ०४:५९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सहित संक्रमित सवारी चालकको सम्पर्कमा आएका ८३ जनाको रिर्पोट नेगेटिभ आएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री भट्ट, उनका परिवारका सदस्य, स्वकीय सचिवालयका कर्मचारी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका निजामती सेवाका कर्मचारी सहित ८३ जनाको रिर्पोट नेगेटिभ आएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमितको सम्पर्कमा आएका मुख्यमन्त्री सहितका ८३ जनाको रिर्पोट नेगेटिभ आएको पुष्टि गरे।

गत भदौँ ७ गते मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका २३ वर्षीय चालकमा कोरोना पुष्टि भएको थियो। 
 

कमेन्ट लोड गर्नुस