सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एकै बैँकका तीन जना कर्मचारीमा कोरोना संक्रमण

२०७७ भदौ ११, ११:४१ खबर संवाददाता

धनगढीः एकै बैँकका तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीमा बुधबार गरिएको परीक्षणका क्रममा सिभिल बैँकका तीन जना कर्मचारीमा कोरोना पुष्टि भएको हो।

धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बुधबार धनगढी प्रयोगशालामा कोरोना पुष्टि भएको १५ जना मध्ये तीन सिभिल बैँककाका कर्मचारी रहेको दिनेश खबरलाई बताए।

बैँकले भने उनीहरु धनगढी शाखामा नभएर जिल्लाको अन्य शाखामा कार्यरत कर्मचारी रहेको जनाएको छ। 

यसअघि धनगढीको ग्लोबल आईएमई बैँक र सानिमा बैँकका कर्मचारीमा कोरोना पुष्टि भएको थियो।

-यसअघि स्वास्थ्य कार्यालय र धनगढी उपमहानगरपालिकाले सिविल बैंकको शाखा कार्यालय र इन्सोरेन्सको नामबारे गलत सूचना दिएकाले अहिले सच्याएका छौ।-सम्पादक

कमेन्ट लोड गर्नुस