सुदूर नेपाललाई विश्वसँग जोड्दै

कलाकारलाई ’रजतपट’ र ’ग्लामर गफ’मा सहभागी नहुन आग्रह

२०७७ साउन ३१, ११:१५ खबर संवाददाता

कलाकारलाई ’रजतपट’ र ’ग्लामर गफ’मा सहभागी नहुन आग्रह गरिएको छ। चलचित्र कलाकार संघलगायत विभिन्न सातवटा संघसंस्थाले एपीवान टेलिभिजनको कार्यक्रम जतपट र ग्ल्यामर गफमा सहभागी नहुन आग्रह गरेका हुन्।

नायिका पूजा शर्माको बौद्धिकता र शारीरिक सुन्दरतामाथि प्रश्न चिन्ह उठाए पछि चलचित्रसँग सम्बन्धित सबै संघसंस्था एकताबद्ध हुँदै दुबै पक्षबीच सहमति नभएसम्म अथवा कानुनमार्फत समास्या नसुल्झिएसम्म उक्त कार्यक्रममा सहभागि नहुन आग्रह गरेका हुन्।

टेलिभिजनमार्फत नायिकाहरुको अशिष्ट टिप्पणी गर्दै मानमर्दन गरेको र चरित्रहत्या गर्ने काम गरेको भन्दै चलचित्र कलाकार संघ, निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघ, चलचित्र द्वन्द्व समाज, चलचित्र नृत्य संघले नायिका पूजा शर्माले न्याय पाउनु पर्ने बताएका छन्। 

पटकपटक एकै खालका घटना दोहोरिरहेको भन्दै यस्ता घटना पुनः दोहोरिन नदिन त्यसको कारण पहिल्याई कारबाही गर्नु पर्ने संयुक्त निर्णय गर्दै सातवटा पेशागत संगठनले कलाकार संघको समन्वयमा न्यायका लागि पहल गर्ने निर्णय पनि गरेका छन्। 

एपीवान टेलिभिजनको कार्यक्रम रजतपटमार्फत पत्रकार प्रस्तोता प्रकाश सुवेदीले आफूलाई अपमानित हुनेगरि कार्यक्रम तयार पारेर प्रस्तुत गरेको भन्दै नायिका पूजाले न्यायको खोजी गरेपछि उनको साथमा चलचित्रसँग सम्बन्धित सातवटै संस्था उभिएका हुन्। 

नायिका पूजाको शारीरिक स्वरुप तथा बौद्धिकतामाथि टिप्पणी गर्दै पत्रकार प्रकाशले भनेका थिए, ‘आफैं नजान्ने अनि हामीले चाहिँ लिएको इन्टरभ्यू काटिदिनु पर्ने? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई?’

पत्रकार प्रकाशको यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पूजा  न्याय खोज्दै संघसँगै महिला आयोग र प्रेस काउन्सिलमा पनि उजुरी दिएकी छिन्।  

 

कमेन्ट लोड गर्नुस