सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु

२०७७ साउन ३१, ११:०९ खबर संवाददाता

आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो।

शनिबार बिहान मृत्यु भएका कपिलवस्तुका ४२ वर्षका पुरुष तीनदिन अघि अस्पतालमा भर्ना भएका थिए।

उनको फोक्सोमा समस्या देखिएकाले आइसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

डा गौतमका अनुसार ती बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
 

कमेन्ट लोड गर्नुस