सुदूर नेपाललाई विश्वसँग जोड्दै

रहेनन दार्चुलाका ‘रजबार साप’

२०७७ साउन ३१, १०:५४ खबर संवाददाता

कञ्चनपुर : दार्चुलाका पहिलो राष्ट्रिय पञ्चायत सदस्य कमानबहादुर पाल (रजबार साप) को निधन भएको छ। उनको ९७ बर्षको उमेरमा कञ्चनपुरमा शुक्रवार राति निधन भएको हो। उनको पार्थिव शरिर महेन्द्रनगरको गोबरैयास्थित घरमा ल्याइएको छ।

महाकाली नदीमा दाहसंस्कार गरिनेछ। पालको चमेलिया नदी वारी पङसेरामा दरबारकै झझल्को दिने घर थियो। द्धन्द्धकालमा माओवादीले उक्त घर कब्जामा लिएर सबै सम्पत्ती लुटेका थिए। त्यसपछि पाल बिस्थापित भएर कञ्चनपुर पुगेका थिए।

पछिल्लो एक बर्ष यता भने बनबासामा बस्दै आएका थिए। पाल पञ्यायतकालीन अवस्थामा दार्चुलाबाट दुई पटक राष्ट्रिय पञ्चायत सदस्य भएका थिए।

पञ्चायतकालमा भौगोलिक र राजनीतिक हिसाबले दार्चुलालाई चार गर्खामा बिभाजन गरिएपनि त्यो भन्दा पहिले देखिनै तीन क्षेत्र तोकेर तिरो तिराउने चलन थियो।

दार्चुलाको लेकमका बासिन्दाले कमानबहादुर पालको ‘दरबार’ मा तिरो बुझाउथे। मार्माको बिटुले, बझाङसंग जोडिएको बुङगल, बैतडी सीमा र लेकमतर्फ मालिकार्जुनसम्मका बासिन्दाले पाल परिवारलाई तिरो बुझाउथे। 
 

कमेन्ट लोड गर्नुस