सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ साउन ३१, ०८:३६ खबर संवाददाता

७ दिनदेखि कोरोना अस्पतालमा उपचाररत एक  जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहका अनुसार वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको हो।

ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए। डा. सिंहका अनुसार मृतक ६० वर्षीय पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए। साउनयता मात्रै पर्सामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस