सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा झण्डै ४४ हजारको कोरोना परीक्षण, साढे ११ प्रतिशतमा संक्रमण पुष्टि

२०७७ साउन ३१, ०७:४७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा झण्डै ४४ हजारको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ४३ हजार ८ सय २६ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

धनगढी प्रयोगशाला मार्फत २२ हजार एक सय ५९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार दुई सय ३६ र डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत ५ हजार दुई सय ४७ जनाको कोरोना परीक्षण भएको छ। 

निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ४५ हजार ६ सय ७८ जनाको स्वाब संकलन गरिएकोमा एक हजार ८ सय ५२ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म परीक्षण गरी झण्डै साढे ११ प्रतिशत अर्थात चार हजार नौ सय ७९ जनामा कोरोना पुष्टि भएको छ।

सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डडेल्धुराका तीन सय १२, बैतडीका तीन सय एक, बझाङका दुई सय ९७ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार एक सय ५७ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस