सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी आइरहेका युवक मुम्बईमा बेहोस

२०७७ साउन ३०, १०:०१ खबर संवाददाता

धनगढी : मुम्बईको नजिकै मीरारोडबाट नेपाल आउन भनेर बस स्टाण्डमा पुगेका एक नेपाली युवक अचानक ढलेर बेहोस भएका छन। बेहोस युवालाई मीरारोड स्थित पद्यमाकर म्हात्रे अस्पतालमा भर्ना गरिएको छ।

धनगढी घर भएका अन्दाजी २४/२५ वर्षका डम्बर धामी बसको प्रतिक्षामा बसेका बेला बेहोस भएर ढलेका थिए। उनी होसमा नआएपछि एम्बुलेस बोलाएर बस सञ्चालक मिलन लामा र गणेश खड्का लगायतले अस्पतालमा लगेर भर्ना गरेका छन।

उनी मुम्बईमा कहा बस्थे र नेपालमा घर कहा भनेर सोध्न नसकिएको रावलले बताएका छन। उनको मोबाइल पनि लक र स्विचअफ भएका कारण कुनै डिटेल्स पाउन नसकेको उनले बताए ।

उनीसँग धनगढी, चटकपुर–०३, स्थित माया मेट्रो अस्पतालमा सन २०१९ मा उपचार गराएको केहि कागजपत्र भेटिएको छ। अहिले उनको आइसीयुमा राखेर उपचार भईरहेको छ।

धामीको परिवारलाई मिलन रावलको मोबाइल नम्बर ९८७१३८५८१०, ९७२६०४०८९०, गणेश खड्काः ८६८९८२५८९१ म सम्पर्क गर्न आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस