Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नरेन्द्र मोदी भारतको चौथो सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्री

२०७७ साउन २९, ०७:३०
अ+

नयाँ दिल्ली: जवाहरलाल नेहरू, इन्दिरा गान्धी र  मनमोहन सिंह पछि प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार (अगस्ट १३) देखि भारतीय इतिहासमा चौथो सबैभन्दा लामो अवधि सेवा गर्ने प्रधानमन्त्री बनेका छन्। 

तर प्रधानमन्त्री मोदी काङ्ग्रेस इतर दलबाट सबैभन्दा बढी समय भारतको सरकार प्रमुखका हैसियतमा सेवा गर्ने पहिलो राजनेता भएका छन्। उनले उनकै दल भारतीय जनता पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई पछाडि पार्दै गैर–काङ्ग्रेस दलबाट सबैभन्दा बढी प्रधानमन्त्री बन्ने इतिहास बनाउन सफल भएका छन्।  

नरेन्द्र मोदीले  सन् २०१४ को मे २६ मा भारतीय १४औँ प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल सुरू गरेका थिए। उनको दोस्रो कार्यकाल ३० मे २०१९ मा सुरू भएको हो।  

भारतको इतिहासमा जवाहरलाल नेहरू अहिलेसम्म सबैभन्दा लामो अवधि प्रधानमन्त्री बनेका नेता हुन। उनको कार्यकाल झण्डै १७ वर्ष रहेको थियो। उनकी छोरी तथा भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धील क्रमशः ११ वर्ष र करीव पाँच वर्ष गरी दुई कार्यकालमा े १६ वर्ष पूरा गर्नुभएको थियो। 

त्यस्तै काङ्ग्रेस नेता डा.मनमोहन सिंह लगातार दुई पटक पाँच वर्षको सेवा गरी भारतीय इतिहासमा तेस्रो लामो समय प्रधानमन्त्रीका रूपमा सेवा गर्न सफल व्यक्तित्व हुन। 

मोरारजी देसाई (मार्च २४ १९७७–जुलाई २८, १९७९), चरण सिंह (जुलाई २८,१९७९– जनवरी १४, १९८०), विश्वनाथ प्रताप सिंह (डिसेम्बर २, १९८९–नोभेम्बर १०, १९९०), चन्द्रशेखर (नोभेम्बर १०,१९९०–जुन २१, १९९१), एचडी देवेगौडा जुन १, १९९६– अप्रिल–२१, १९९७) र इन्दर कुमार गुजराल –अप्रिल २१, १९९७– मार्च १९, १९९८)  आफ्नो कार्यकाल पूरा नगरेका काङ्ग्रेस इतरका अन्य प्रधानमन्त्रीहरू हुन। 

नरेन्द्र मोदी भारतको ७४ औं स्वतन्त्रता दिवसको दुई दिन अगाडि सबैभन्दा लामो सेवा गर्ने चौथो प्रधानमन्त्री बनेका छन्। यही अगस्ट १५ मा उनले भारतीय प्रधानमन्त्रीका रूपमा स्वतन्त्रता दिवसका अवसरमा लालकिल्ला (रेड फोर्ट) परिसरबाट सातौँ सम्वोधन गर्नेछन्। -एएनआई

Skip Ad