सुदूर नेपाललाई विश्वसँग जोड्दै

करिब साढे ४ लाख बराबरको सुन ठगी गरेको अभियोगमा एक महिला पक्राउ

२०७७ साउन २९, ०५:४३ खबर संवाददाता

काठमाडौं : करिब ४ लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्। झापा शान्तीनगर घर भई काठमाडौं महानगरपालिका –३१ नयाँ वानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौं ज्ञानेश्वरबाट बुधबार राति प्रहरीले पक्राउ गरेको हो। 

मगरले उक्त रुपैयाँ बराबरको डेढ तोलाको १ थान सुनको सिक्री, ५४ लालको १ थान सुनको लकेट, १ तोला ५२ लालको १ थान सुनको ब्रासलेट, १ थान हिराको औंठी र ३५ लालको १ थान सुनको औंठी विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको प्रहरीले जानएको छ। 

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस