सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि होटल र रेष्टुरेन्ट बन्द, भदौ ३१ गतेसम्म अन्तराष्ट्रिय सीमा बन्द

२०७७ साउन २७, ०६:४६ खबर संवाददाता

धनगढी: भिडभाड बढेपछि सरकारले अर्को निर्णय नभएसम्मका लागि होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गर्ने निर्णय गरेको छ। कोरोनाको जोखिम बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए। 

‘यसअघि होटल तथा रेष्टुराँहरुलाई खोल्न दिने निर्णय भएको थियो। तर, अब खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय भएको छ,’ मन्त्री खतिवडाल भने।

यस्तै सरकारले भदौ ३१ गतेसम्म नेपाल प्रवेशको सबै नाका र यात्रुहरुको प्रवेश सबै नाका स्थगित गर्ने निर्णय गरेको छ।

सरकारले  तोकेको  १० वटा सीमानाकाबाट मात्र  नेपाल प्रवेश पाउने गरी  निर्णय गरेको प्रवक्ता खतिवडाले बताए। झापाको करभिट्टा, मोरङको रानी,  सिरहाको माडर,  रौतहटको गौर,  पर्साको वीरगञ्ज,  रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर,  बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्र आउन पाउने उनले बताए। 

 

कमेन्ट लोड गर्नुस