सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कोरोना बिरुद्धको पहिलो भ्याक्सिन बन्यो’

२०७७ साउन २७, ०६:२० खबर संवाददाता

धनगढी: रुसले कोरोना भाइरस बिरुद्धको पहिलो खोप तयार पारेर प्रयोगमा ल्याएको दावी गरेको छ। 

राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै साइड इफेक्ट नदेखिएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पुटिनले मङ्गलबार खोपको विकास गरी दर्ता भएको जानकारी दिएका हुन्।

कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ। रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने बताएका छन्।

यो खोप मस्कोको गामेल्या इन्स्टिच्युटले बनाएको समाचार एजेन्सी एएफपीले जनाएको छ। रुसी राष्ट्रपति पुटिनले रुसमा चाँडै नै यो खोपको उत्पादन सुरु गर्ने र ठूलो संख्यामा खोपको डोज बनाउने बताए।
 

कमेन्ट लोड गर्नुस