सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव माओवादीकी नेतृ धामी फेरि पक्राउ, धनगढीबाट डडेल्धुरा लगिँदै

२०७७ साउन २७, ०१:२५ खबर संवाददाता

धनगढी:  जिल्ला अदालत कैलालीले साधारण तारेखमा रिहा गरेकी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सेती महाकाली राज्य समिति इन्चार्ज पुर्णिमा धामीलाई प्रहरीले पुनः पक्राउ गरिएको छ। 

पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनसँगै गत असार ३१ गते कैलालीमा पक्राउ परेकि धामीलाई सोमबार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। मंगलबार पुनः कैलालीबाट प्रहरीले पक्राउ गरेर ल्याउन थालेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

धामी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज पुनकी श्रीमती समेत हुन्। जिल्ला अदालत कैलालीले धामीका श्रीमान पुनलाई भने ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। ५० हजार रुपैया धरौटी बुझाएर पनि लगत्तै प्रहरीले पक्राउ गर्ने आशंका भएकाले धरौटी नतिरी उनी कारागार चलान भएका छन्।  

कमेन्ट लोड गर्नुस