सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोंगबु प्रकरण : हत्या आरोपमा पक्राउ परेकी महिला सार्वजनीक

। फोटो स्रोत ।
२०७७ साउन २७, ११:५२ खबर संवाददाता

काठमाडौँको  गोंगबुमा भएको विभत्स हत्यामा संलग्न महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। चितवनबाट सोमबार बेलुका पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई प्रहरीले मंगलबार बिहान काठमाडौँ ल्याइ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

प्रहरीलाई दिएको बयानमा कल्पनाले दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्या गरेको स्वीकार गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए। प्रहरीका अनुसार कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन्।

त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन्। बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो। त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो।

अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस