सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

२०७७ साउन २६, ०९:१५ खबर संवाददाता

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो।

शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा  मृत्यु भएपछि आइतबार स्वाब निकालेर नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।

पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। 
 

कमेन्ट लोड गर्नुस