सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौतम बुद्ध नेपालमै जन्मिएका हुन् : भारत

२०७७ साउन २६, ०६:१७ खबर संवाददाता

भारतले गौतम बुद्ध जन्मभूमि नेपाल नै भएको बताएको छ। यसअघि भारतीय विदेश मन्त्री एस. जयशङ्करले गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै विवादास्पद टिप्पणी गरेका थिए। त्यसलगतै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्दै बुद्ध नेपालमै जन्मिएको, यो विवादरहित, इतिहास र पुरातात्विक तथ्यमा आधारित भन्दै खण्डन गरेको थियो।  

नेपालको प्रतिक्रिया आइसकेपछि भारतको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै विदेश मन्त्री जयशङ्करको विवादास्पद टिप्पणी सच्याएको हो। ‘गौतम बुद्ध नेपालमा जन्मिएको बारे कुनै शङ्का छैन’, भारतको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ।  

कमेन्ट लोड गर्नुस