सुदूर नेपाललाई विश्वसँग जोड्दै

अधिकांश चिनियाँ बालबालिकामा ‘आत्मकेन्द्रित’ स्वभाव

२०७७ साउन २५, १०:४२ रासस

हालसालै गरिएको एक सर्वेक्षणले चीनका करिब ६४ प्रतिशत बालबालिकामा ‘आत्मकेन्द्रित’ स्वभाव रहेको पाइएको छ। सर्वेक्षणमा सहभागी उत्तरदाताले दिएको जवाफका आधारमा गरिएको मूल्याङ्कनमा आफ्ना बालबालिका बढी अहंकारी भएको पाइएकोमा अविभावकले चिन्ता व्यक्त गरेका पनि ‘चाइना यूथ डेली’ले जनाएको छ। सर्वेक्षणमा अभिभावकहरूले बच्चाहरू अन्धाधुन्ध कुनै कुराको पछि लाग्ने र त्यसैमा घोत्लिने र अविभावकको धारणालाई बुझ्न नखोज्ने अहंपन देखिने गरेको पनि सर्वेक्षणका क्रममा पाइएको छ।  

बालबालिकाको एकलकाटे प्रवृत्तिप्रति पनि चिनियाँ अविभावकले चिन्ता व्यक्त गरेका सर्वेक्षणले रिपोर्टमा उल्लेख छ। सर्वेक्षणका लागि एक हजार ९९२ आमाबाबुले दिएको जवाफलाई आधार बनाइएको उक्त पत्रिकामा छापिएको समाचारमा उल्लेख छ। सद्गुणका साथ बच्चाहरू हुर्काउनका लागि के गर्नुपर्छ भन्ने सवालमा ७१ प्रतिशत अविभावकले आफैले राम्रो उदाहरण बसाल्नुपर्दछ भनेका थिए भने ५८।४ प्रतिशतले बच्चाहरूसँग बढी समय बिताउनुपर्ने महत्वलाई जोड दिएका थिए।

सर्वेक्षण मुख्यतया चिँनिया सहरी क्षेत्रका अभिभावकसँग बालबालिकाबारे गरिएको अन्तर्वार्ताका आधारमा गरिएको अनुसन्धात्मक कार्यभएको पनि उक्त पत्रिकाले लेखेको छ।
 

कमेन्ट लोड गर्नुस