सुदूर नेपाललाई विश्वसँग जोड्दै

मकवानपुरमा ७ दिनका लागि निषेधाज्ञा

२०७७ साउन २५, ०९:३७ रासस

मकवानपुरमा आज एकै दिन  २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि  जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ। आज साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण  यही साउन २६ देखि  ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा आज मात्रै प्रहरीसहित २० जनामा तथा मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकामा एकएक जना गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। 
 

कमेन्ट लोड गर्नुस