सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ महिनापछि फरार अभियुक्त पक्राउ

२०७७ साउन २५, ०७:३० रासस

ओखलढुङ्गामा जबर्जस्ती करणी उद्योगका फरार अभियुुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ। जबर्जस्ती करणी उद्योगमा फरार  लिखु गाउँपालिका–५ का ५० वर्षीय रिकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।

करीब छ महिनादेखि प्रहरीको फरार सूचीमा रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। विसं २०७६ माघ २४ गते लिखु – ४ यसमकी ४५ वर्षीया एक महिलालाई जबर्जस्ती करणी उद्योग गरी थापा फरार भएका थिए। 

अभियुक्त थापालाई आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका थापालाई म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस