सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशमा २४ घण्टाभित्र सङ्क्रमितको सङ्ख्या दुई हजार ४००, २४ सङ्क्रमितको मृत्यु

२०७७ साउन २५, ०६:४४

ढाका: बङ्गलादेशमा गत २४ घण्टामा कोभिड सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या दुई हजार ४८७ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यससँगै आइतबारसम्म दुई लाख ५७ हजार ६०० व्यक्ति सङ्क्रमित भएका छन्।

मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा भने, “विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ४८७ रहेको छ भने उक्त अवधिमा ३४ जना सङ्क्रमितको मृत्यु भएको छ। बङ्गलादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ५७ हजार ६०० रहेको र तीन हजार ३९९ सङ्क्रमितको मृत्यु भएको छ।” 

बङ्गलादेशमा गत २४ घण्टामा १० हजार ७५९ सङ्कलित नमूनाको कोभिड–१९ सङ्क्रमण परीक्षण गरिएको बताइएको छ।

सुल्तानाका अनुसार गत २४ घण्टामा थप एक हजार ७६६ जनाको निको भई घर फर्किएका छन् भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या एक लाख ४८ हजार ३७० पुगेको छ।

उनका अनुसार बङ्गलादेशमा १.३२ प्रतिशत कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म निको हुनेको सङ्ख्या ५७.६० प्रतिशत रहेको छ। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस