काठमाडौंमा फरि एसिड आक्रमण भएको छ। चुच्चेपाटीमा एसिड आक्रमण हुँदा आमाछोरी घाइते भएका प्रहरीले जनाएको छ। बिहीबार राति एसिड आक्रमण भएको हो।
आपसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ। श्रीमती र छोरीलाई श्रीमानले थिनर (एसिड) प्रहार गरेका हुन्। श्रीमतीको आँखामा चोट लागेकोले उनलाई तिलगङ्गा आँखा अस्पताल लगिएको छ। हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने राजन बिष्टले थिनर प्रहार गरेको र उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
गत साउन ८ गते काठमाडौंको वाफलमा दुई पुरुषले २२ वर्षीय युवतीमाथि एसिड प्रहार गरेका थिए।