सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौध सय नेपाली स्वदेश फर्किए

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७७ साउन २२, ०९:०४ रासस

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ।
    
कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएको हो। नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १५४ र दमामबाट दुई उडानमा क्रमशः २५९ र १४४ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज रियाद र दुबई प्रस्थान गरेको विमानस्थलले जनाएको छ।
    
यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ र कतारको दोहाबाट १५७ यात्रु तथा दुई शव नेपाल ल्याएको छ। एयर अरेबियाले सारजाहाबाट दुई उडानमार्फत क्रमशः १६८ र १६६ यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ । मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १७८, फलाई दुबईले दुबईबाट १६४ र टर्किस एयरलाइन्सले ७६ यात्रु ल्याएको छ। शुक्रबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १४ चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस