सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्भपतन गराउँदा आमा र शिशुको मृत्यु भएपछि डाक्टर र ‘प्रेमी’ पक्राउ

२०७७ साउन २२, ०६:४८ खबर संवाददाता

रुकुम पूर्व:  गर्भपतन गराउँदा आमा र शिशुको मृत्यु भएको छ। उनको मृत्यु भएपछि सिस्ने गाउँपालिका–६ को रुक्मिणी अस्पतालमा कार्यरत डक्टर रुपेशकुमार सिंह र ती महिलाका प्रेमी भनिएका सिस्ने गाउँपालिका–४ दादिङका गणेश घर्ती पक्राउ परेका छन्। 

साउन २० गते २६ वर्षीया पुष्पा घर्तीको गर्भपतन गराउँदा उनको र पेटमा रहेको २२ हप्ताको बच्चाको मृत्यु भएको थियो। डाक्टरले गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

गर्भपतन गराउने डाक्टरसहित पुष्पाका प्रेमीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ। रुकुमकोट जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस