सुदूर नेपाललाई विश्वसँग जोड्दै

बँदेल मार्न आफैंले थापेको पासोमा परेर मृत्यु

२०७७ साउन २२, ०५:३२ खबर संवाददाता

अर्घाखाँची: बँदेल मार्न आफैंले थापेको पासोमा परेर एक जनाको मृत्यु भएको छ।

बिहीबार अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ बल्कोटका ५० वर्षीय तुल्सीराम पाण्डेको मृत्यु भएको प्रहीले जनाएको छ।

प्रहरीका अनुसार घरदेखि केही पर मकै बारी नजिकै उनले बाली खान आउने बँदेलका लागि विद्युतको नांगो तर बिच्छाएका थिए। तार बिच्छाएर हिँड्न थाल्दा चिप्लिएर लडेपछि उनलाई तारले छोएको थियो।

बँदेल र बाँदरबाट बारीमा पाक्दै गरेका मकै जोगाउन आफैंले थापेको पासोमा परि पाण्डेका निधन भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस