सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा देखियो एसएफटीएस भाइरसः ७ को मृत्यु, ३७ बढी संक्रमित

२०७७ साउन २२, ०३:३७ खबर संवाददाता

चीनमा नयाँ संक्रामक रोगका कारण ७ जनाको ज्यान गइसकेको छ। पुर्वी चीनको जियांग्सु प्रान्तमा पहिलो ६ महिनामा एसएफटीएस भाइरसबाट ३७ भन्दा बढी संक्रमित भइसकेका छन्। 

चीनको सरकारी सञ्चार माध्यमले मानववीच संक्रमण फैलिने आशंकालाई लिएर चेतावनी जारी गरेको छ। पुर्वी चीनको अन्हुई प्रान्तमा २३ जना संक्रमित भेटिएको सरकारी ग्लोबल टाइम्स अखबारले जनाएको छ।

उक्त भाइरसबाट संक्रमित जियांग्सुको राजधानी नाजियांगकी एक महिलालाई शुरुमा खोकी र ज्वरोको लक्षण देखिएको थियो। डाक्टरले उनको शरीरमा ल्युकोसाइट र प्लेटलेट्सको कमी भएको पत्ता लगाएका छन्। एक महिनाको उपचार पछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो। -ऐजेन्सी

कमेन्ट लोड गर्नुस