सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुजरातको अस्पतालमा आगलागी, आठ जनाको मृत्यु

२०७७ साउन २२, ०३:२०

नयाँदिल्ली: भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोनासंक्रमित बिरामीको मृत्यु भएको छ।

गुजरातको राजधानी अहमदाबादस्थित श्रेय अस्पतालमा बिहीबार बिहानै आगलागी शुरु भएको थियो। उक्त घटनालगत्तै त्यहाँ उपचारार्थ भर्ना भएका अरु ४१ जना कोभिड–१९ का बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरित गरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आगलागीको उक्त घटनाबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन्। उनले पीडितहरुलाई जतिसक्दो सहायता गर्न सरकार तत्पर रहेको बताएका छन्। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस