सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

२०७७ साउन २१, ०७:४६ रासस

काठमाडौं: सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार आइतबार १८१ जना कर्मचारीमा पीसीआर  परीक्षणका गर्न लगिएको थियो। त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो।

सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ।

कमेन्ट लोड गर्नुस