सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या सात लाख नाघ्यो

२०७७ साउन २१, ०५:५१

जेनेभा, स्वीट्जरल्याण्ड: विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख ४ हजार ४३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बुधबार जानकारी दिएको छ। सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ८७ लाख ९ हजार १६१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन्। 

सङ्क्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २२४ व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ६० लाख ७८ हजार ४९९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितमध्ये ६५ हजार ३३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४२० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्।  यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार २०९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ एक लाख ५० हजार ६४७ जनाको मृत्यु भएको छ। 

उत्तर अमेरिकामा ५७ लाख ८२ हजार ४९९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन्। यहाँ दुई लाख २५ हजार ४५० जनाको मृत्यु भएको छ। 

युरोपमा २९ लाख ४३ हजार ५३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख चार हजार ४७२ को मृत्यु भएको छ। 

एसिया ४६ लाख ८ हजार ८०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख २ हजार ४३९ जनाको मृत्यु भएको छ।

अफ्रिकामा नौ लाख ८२ हजार २१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१ हजार १४३ जनाको मृत्यु भएको छ।  

ओसियानामा २१ हजार २४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २७२ जनाको मृत्यु भएको छ। -एएफपी

कमेन्ट लोड गर्नुस