सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनामा घाईते सुदूरपश्चिम प्रदेश सभा सदस्य थापालाई काठमाडौं लगियो

२०७७ साउन १७, १०:३८ खबर संवाददाता

धनगढीः सडक दुर्घटनामा घाइते भएकी सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बि थापालाई काठमाडौँ लगिएको छ। उनलाई राती १० बजे सेनाको स्काई ट्रक मार्फत काठमाडौं लगिएको हो।

शनिबार धनगढी उप–महानगरपालिका वडा नम्मबर ८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएकी हुन्। 
घाईते भएकी प्रदेश सभा सदस्य थापालाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। सेतीले धनगढीकै माया मेट्रो अस्पतालमा सिटिस्क्यानका लागि पठाएको थियो। उनको टाउकोमा चोट देखिएपछि थप उपचारका लागि काठमाडौँको अन्नपुर्ण न्युरो अस्पताल रेफर गरिएको हो।

धनगढी बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो। प्रदेशसभा सदस्य थापा कांग्रेस अछाम जिल्लाको क्षेत्रनम्बर २ को क बाट प्रतिनिधित्व गर्छिन्।
 

कमेन्ट लोड गर्नुस