सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभा सदस्यको माया मेट्रोमा उपचार हुँदै, मुख्यमन्त्री अस्पताल पुगे

२०७७ साउन १७, ०७:४५ खबर संवाददाता

धनगढी : मोटरसाइकल दुर्घटनामा घाईते भएकी सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बिका थापाको धनगढीस्थित माया मेट्रा अस्पतालमा उपचार भईरहेका छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाईते भएकी थिइन्।

बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो।

माया मेट्रो अस्पतालले थप उपचारका लागि अन्यत्र लैजान भनिसकेको छ। हेलिकोप्टरार्फत थप उपचारका लागि काठमाडौं लैजाने तयारी भईरहेको छ। उनको टाउकोमा गहिरो चोट लागेको छ।

यस्तै उनी उपचाररत अस्पतालमा मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुन थापा, उपसभामुख निर्मला बडाल जोशी, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लगायत अन्य प्रदेश सभा सदस्य पनि पुगेका छन्। 
 

कमेन्ट लोड गर्नुस