सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभा सदस्य दुर्घटनामा घाइते, हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी

२०७७ साउन १७, ०७:०८ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बिका थापा सडक दुर्घटनामा परेर घाइते भएकी छन्। धनगढी–८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाईते भएकी हुन्।

बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो। 

मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको छ। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी छ। उनको टाउकोमा गहिरो चोट लागेको छ।

कमेन्ट लोड गर्नुस