सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी एकता फुटाउने प्रवृत्तिलाई परास्त गर्नुपर्छ : प्रचण्ड

२०७७ साउन १७, ०३:२१ खबर संवाददाता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता टुटाउने र फुटाउने प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने बताएका छन्।

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीमा गलत विचार र प्रवृतिको ढाकछोप नगरी फछ्र्यौट गर्नुपर्ने समेत बताए।

उनले अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने भन्दै एकता टुटाउने फुटाउने प्रवृतिहरुलाई सबै मिलेर परास्त गर्नुपर्नेमा जोड दिए।

यस्तै कुनै पनि बाहानामा पार्टी ‘अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप गर्न नहुने समेत बताए। 
  

कमेन्ट लोड गर्नुस