सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रम्पले भने–अमेरिकामा टिकटक बन्द गर्दैछु

२०७७ साउन १७, ०२:२३ खबर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक बन्द गर्न शनिवारसम्म प्रकृया अगाडि बढाउने बताएका छन्। चिनियाँ लोकप्रिय भिडियो एप्लिकेसनले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको र सेन्सरसीपको विषय उठाउँदै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।अमेरिकी सरकारले टिकटक बन्द गर्ने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पको धारणा सार्वजनिक भएको हो। शुक्रवारमात्रै माइक्रोसफ्टले यो लोकप्रिय एप्लिकेसन किन्न लागेको खबर सार्वजनिक भएको थियो।

'जहाँसम्म टिकटकको विषय छ, हामी अमेरिकामा त्यसलाई प्रतिवन्ध लगाउँदैछौं,' फ्लोरिडाबाट फर्कनेक्रममा ट्रम्पले पत्रकारहरुसँग भने। ट्रम्पले टिकटक बन्द गर्नक लागि कार्यकारी अधिकारको प्रयोग गर्नेसमेत बताएका छन्। 'मसँग त्यो अधिकार छ,' ट्रम्पले भनेका छन्, 'भोलि यसको विषयमा हस्ताक्षर हुनेछ।'

अमेरिकी कम्पनीहरुले टिकटक किन्न खोजिरहेका समाचार पनि उत्तिकै आइरहेका छन्। न्युयोर्क टाइम्स र फक्स बिजनेसले स्रोतलाई उदृत गर्दै माइक्रोसफ्टले टिकटक किन्नका लागि कुराकानी अगाडि बढाइरहेको जनाएका छन्। तर, माइसक्रोसफ्टले यसबारे प्रतिक्रिया दिन मानेको छैन।

चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१७ मा टिकटक लन्च गरेको हो। अमेरिका र युरोपमा लोकप्रिय म्युजिकल्ली पनि यही कम्पनीले खरीद गरेको हो।

चिनियाँ प्रयोगकर्ताले भने टिकटक र म्युजिकल्ली एकै प्लेटफर्ममा प्रयोग गर्न पाउँछन्। भिडियो सेयरिङ यो साइटलाई अमेरिकी टेक जाइन्ट फेसबुक र स्न्यापच्याटले प्रतिस्पर्धीका रुपमा लिँदै आएका छन्। टिकटकका कतिपय कन्टेन्टमा चिनियाँ सरकारले सेन्सर लगाउँदै आएको आरोप लाग्दै आएको छ।

कमेन्ट लोड गर्नुस