सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाईते

फाईल फोटो
फाईल फोटो
२०७७ असार ३१, ०६:५९ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ५ स्थित पूर्वपश्चिम राजमार्गमा से ५ प २१४४ नम्वरको मोटरसाईकल र म १ प ७५५७ नम्वरको मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीका अनुसार म १ प ७५५७ नम्वरको मोटरसाईकलमा सवार कृष्णपुर नगरपालिका वडा नम्वर ४ का ६० बर्षीय पदमराज भट्टको मृत्यु भएको छ।

सोही मोटरसाईकलका चालक राजेन्द्र भट्ट पनि गम्भिर घाईते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक थापाक्षेत्रीले दिनेश खवरलाई बताए। 

उनका अनुसार से ५ प २१४४ नम्वरको मोटरसाईकलमा सवार कृष्णपुर नगरपालिकाकी देवकी ठगुन्ना पनि घाईते भएकी छिन्। उनको धनगढीमा उपचार भईरहेको छ भने सोही मोटरसाईकलका चालक धनवहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस