सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका क्वारेन्टिनमा ६४ सय बढिलाई राखियो

२०७७ असार ३१, ०६:४१ खबर संवाददाता

धनगढी : केही दिनदेखि भारतबाट सुदूरपश्चिम फर्किनेको संख्या फेरी बढेपछि क्वारेन्टिनमा राखिएकाहरुको संख्या पनि बढेको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा ६ हजार चार सय ३८ जनालाई क्वारेन्टिनमा राखिएको छ। अहिले सबैभन्दा बढि डोटीमा एक हजार दुई सय ९३ जना क्वारेन्टिनमा रहेका छन्।

यस्तै कञ्चनपुरमा एक हजार दुई सय ३३,  कैलालीमा एक हजार २८ जना, बझाङमा नौ सय ५३,  बैतडीमा ६ सय ३२ जनालाई क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

अछाममा तीन सय ९१, डडेल्धुरामा तीन सय २०, बाजुरामा दुई सय ९० र दार्चुलामा दुई सय ८८ जनालाई क्वारेन्टिनमा राखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार सुदूरपश्चिममा ६३ हजार बढि अटाउने एक हजार चार सय ९२ वटा क्वारेन्टिन बनाईएको छ।

असार दोस्रो र तेस्रो सातामा भारतबाट सुदूरपश्चिम फर्किने क्रम निकै कम रहेकोमा पछिल्लो पाँच दिनमा फेरी सुदूरपश्चिम फर्किने क्रम बढेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार पछिल्लो पाँच दिनमा चार हजार सात सय बढि त्रिनगर नाका भएर फर्किएका छन्।
 

कमेन्ट लोड गर्नुस