सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली प्रदेशसभा सदस्यमा कोरोना सङ्क्रमण

२०७७ असार ३०, ०८:३९ रासस

कर्णाली प्रदेशसभाका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतदेखि बाहिर जिल्ला जानका लागि आरटी पिसिआर गराएका प्रदेशसभा सदस्यको कोरोना पोजेटिभ देखिएको हो।

प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ती सदस्यलाई सङ््क्रमण देखिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएलगत्तै कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ। त्यस्तै प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभाका अन्य सदस्यको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। कसरी प्रदेशसभामा कोरोना छि¥यो भन्ने खोजी भइरहेको महाशाखा प्रमुख डा तिवारीले बताए।

सङ्क्रमित प्रदेशसभा सदस्य होम आइसोलेशनमा रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। अत्यन्तै सुरक्षामा राखिएको प्रदेशसभामा नै कोरोना भाइरस देखिएपछि प्रदेश सरकारका मन्त्री, सभा सदस्य, कर्मचारी र सम्पर्कमा रहने पत्रकारमा त्रास बढेको छ।
 

कमेन्ट लोड गर्नुस