सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानबहादुर विश्वकर्मा बने दलित समुदायबाट पहिलो सचिव

२०७७ असार ३०, १२:२५ खबर संवाददाता

सरकारले युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मान बहादुर विकलाई सचिवमा बढुवा गरेको छ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले दोस्रो नम्बरमा सिफारिस गरेका विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवा सिफारिस समितिले गोकर्णमणी दुवाडी विक र मधुकुमार मरासिनीलाई सचिव बढुवाको सिफारिस गरेको थियो।
 

कमेन्ट लोड गर्नुस