सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७७ असार २८, १०:२९ रासस

रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा १५ च ९३८९ नम्बरको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ। 

सो दुर्घटनामा गम्भीर घाइते सिद्धार्थनगर नगरपालिका–११ बस्ने करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले बताए। शनिबार बेलुका भएको सो दुर्घटनामा चार घाइते भएका छन्।
 

कमेन्ट लोड गर्नुस