सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बलात्कार आरोपी वडाध्यक्षमाथिको अनुसन्धान सकियो, प्रतिवेदन बुझाउँदै प्रहरी

२०७७ असार २८, ०९:४५ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा बलात्कारको आरोप लागेका वडाध्यक्षमाथिको अनुसन्धान सकिएको छ।

बलात्कार आरोप लागेका जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथमाथिको अनुसन्धान सकिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउँने तयारी रहेको जनाए। थापाले आज वा भोली सम्ममा प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाईने बताए।

वडाध्यक्ष नाथमाथि ब्रह्मदेवमा नै व्यवसाय गर्दै आएकी एक महिलाले जवरजस्तीकरणी उद्योगमा जाहेरी थिईन्।

गत बिहिवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरेका उनले राती सवा ८ बजे उनीमाथि दुव्र्यवहारको प्रयास गरेपछि पक्राउ परेका थिए।

नाथविरुद्ध दर्ता भएको जवरजस्तीकरणी उद्योगको मुद्दामा प्रहरीले अनुसन्धान पूरा गरेको हो। मदिरा सेवनपछि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्बन’ मागेको स्थानीयको आरोप छ।

कमेन्ट लोड गर्नुस