सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका २५६४३ जनाको पीसीआर परीक्षण, ९०८ को रिर्पोट आउन बाँकी

२०७७ असार २८, ०८:५४ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमका नौँ सय ८ जनाको कोरोना परीक्षणको रिर्पोट आउन बाँकी रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीले नमूना संकलन भएका मध्ये नौँ सय ८ जनाको रिर्पोट आउन बाँकी रहेको जनाएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाईएका ६ सय ३१ जनाको रिर्पोट आउँन बाँकी छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा दुई सय ७७ वटा नमूना परीक्षणको पर्खाइमा छन्।

प्रदेशमा अहिले सम्म साढे २५ हजार बढिको पीसीआर विधीबाट परीक्षण भएको छ। स्वास्थ्य निर्देशनालयले धनगढी प्रयोगशाला र काठमाडौँ प्रयोगशालामा गरी २५ हजार ६ सय ४३ जनाको परीक्षण भएको जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १३ हजार चार सय २५ र धनगढी प्रयोगशालामा १२ हजार दुई सय १८ जनाको कोरोना परीक्षण भएको हो। जस मध्ये अहिले सम्म तीन हजार नौँ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको छ।

यस्तै प्रदेशमा एक लाख १७ हजार सात सय ३८ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस